लालीगुराँस सहकारीका सञ्चालक वचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर वेपत्ता (भिडियो रिर्पोट)
धनगढीमा बचत तथा ऋण सहकारीका नाममा ठगी गर्ने धन्दा फस्टाउँदै
प्रदेश नम्वर ७ को अस्थायी राजधानी धनगढीमा बचत तथा ऋण सहकारीका नाममा ठगी गर्ने धन्दा फष्टाएको छ । केही सयम अगाडी पनि सहकारीले ठगी गरेका घटनाहरु सार्वजनिक भईरहेको अवस्थामा पछिल्लो दिनमा रोकिएको ठगी धन्धा फस्टाएको हो । धनगढीको चौराहमा रहेको लाली गुराँस सहकारी संस्थाका सञ्चालक वचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर सम्पर्क विहीन भएका हुन् । अधिकांश रकम मनपरी रुपमा ऋण दिएको र वचकर्ताहरुको रकम फिर्ता गर्न नसकिने अवस्था आएपछि सञ्चालकहरु सम्पर्क विहीन भएका हुन् । चार महिनादेखि कार्यालय वन्द भएपछि वचतकर्ताको विचल्ली भएको छ ।
धनगढीको चौराहमा रहेको मन्जु श्री फाईनान्स भएको घरको तल्लो तला तथा दृष्टि चस्मा सेन्टर र जेनिथ फोटो स्टुडियोको विचमा रहेको ग्यालरीको पछाडी पट्टी रहेको लाली गुराँस सहकारी संस्थाका सञ्चालक लाखौं रकम लिएर सम्पर्क विहीन भएका हुन् । चार महिनादेखि कार्यालय वन्द गरेर वचतकर्तावाट दैनिक रुपमा वचत गरिएको रकम उठाएर सञ्चालक र कर्मचारी सम्पर्क विहीन भएको धनगढी मटियारीकाएक जना वचतकर्ता धनवहादुर चौधरीले जानकारी दिए । २०६८ सालमा स्थापना गरिएको सहकारीका अध्यक्ष जयानन्द जोशी लगायतका सञ्चालकहरु वचकर्तावाट लाखौं रकम उठाएर सम्पर्क विहीन भएका हुन् । एलआईसीमा विमा अभिकर्ताको रुपमा कार्यरत जोशी पछिल्लो केही महिनादेखि सहकारीको कार्यालयमा ताला लगाएर लुकेर वसेका छन् । वचतकर्ताहरु दैनिक रुपमा रकम लिनका लागि सहकारीको कार्यालयमा आए पनि वचकतकर्ता निराश भएर फर्किरहेको हसनपुरका वचतकर्ता त्रिलोचन भट्टले वताए ।
सानो तिनो व्यापार व्यवसाय गरिरहेकाहरुले दैनिक रुपमा सहकारीमा वचत गर्दै आएका थिए । उनीहरुवाट संकलन भएको लाखौं रकम लिएर सञ्चालकहरु सम्पर्क विहीन भएपछि पिडितहरु वचतकर्ताहरुको खोजीमा लागिरहेका छन तर उनीहरु फेला पर्न सकेका छैनन् । केही समय सहकारीका कर्मचारीहरु लुकीछिपी आउने जाने गर्दै आएकोमा लामो समयदेखि घरको भाडा समेत नतिरेपछि घरवेटीले एक कोठामा सहकारीले लगाएकै तालमा अर्को ताला लगाएका छन । रकम फिर्ता लिनका लागि दैनिक धाउँदा पनि रित्तै फर्किरहेको वचतकर्ता वताउँछन् । अधिकांश रकम मनपरी रुपमा ऋण दिएको र वचकर्ताहरुको रकम फिर्ता गर्न नसकिने अवस्था आएपछि लाली गुराँससहकारी संस्थाका सञ्चालकहरु सम्पर्क विहीन भएका हुन् । सहकारीका अध्यक्ष जयानन्द जोशीले आधा दर्जन वढी मोवाईल वोक्दै आएका छन । विमा प्रदायक कम्पनी एलआईसीमा वीमा अभिकर्ता रुपमा कार्यरत जोशी, पटक पटक सम्पर्क गर्दा सुरुमा फोन नठाउनेर त्यसपछि स्वीच अफ गर्ने गरिरहेका छन । यस वारेमा सहकारी डिभिजन कार्यालयले पनि खवर नआएको भन्दै वुझ्ने जनाएको छ ।