सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहाल कर असुल गर्न धनगढी उपमहानगरपालिका असफल

२०७४ फाल्गुन १७, १०:५२

धनगढी उपमहानगरपालिकाले आफ्नो आर्थिक ऐनमै बहालमा रहेका नगर क्षेत्रका घरबाट बहाल कर उठाउने उल्लेख गरेको छ । तर त्यसतर्फ ध्यान नदिदा वार्षिक लाखौँको आन्तरीक राजस्व गुमिरहेको छ । धनगढी नगर क्षेत्रमा महँगो मुल्यमा घर भाडामा लगाएर पनि अधिकांश घरधनीहरुले वहाल कर तिर्न अटेरी गरिरहेका छन । महिनामा भाडा वापत लाखौ रकम अधिकांश नगरवासीहरुले आम्दानी गर्दा पनि वहाल कर नतिर्ने घरधनीहरुलाई करको दायरमा ल्याउन उपमहानगरपालिका उदासिन वन्दा वार्षिक लाखौ आन्तरिक आय गुमिरहेको हो ।

उपमहानगरपालिका अहिले एनजीयो÷आईएनजीयो, बैँक तथा वित्तिय संस्था र सरकारी कार्यालयले बहालमा लिएका घरहरुबाट मात्र कर असुल गर्नमा सीमित रहेको छ ।

महँगोमा अधिकांश घरहरु भाडामा लगाएर पनि कार्यालय संघ संस्था वाहेकका घरधनीहरुले वहाल कर तिर्न अटेरी गरिरहेका छन भने उपहानगरपालिकाले पनि यो कर उठाउनतिर ध्यान दिएको छैन । उपमहानगरपालिकाको आर्थिक ऐन २०७४ को घर बहाल कर सम्बन्धी व्यवस्थामा–“नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर,पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आशिंक तवरले बहालमा दिएकोमा अनुसुची ३ बमोजिम घर जग्गा बहाल कर लगाईने र असुल गरिने उल्लेख छ । जस अनुसार सम्बन्धीत धनीबाट बहाल रकमको बढिमा २ प्रतिशत शुल्क उठाईनुपर्ने हो ।

तर हजारौ पसलहरुका साथै सयौ घरहरु कार्यालय संघ संस्था र व्यक्तीहरुलाई भाडामा लगाउँदा पनि उपहानगरपालिकाको वहाल कर असुली निकै कमजोर रहेको छ ।

वहाल कर उठान उपहानगरपालिका चुकेपछि यस क्षेत्रका अर्थ विज्ञले त्यसलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । प्राध्यापक एव्म अर्थविज्ञ शिवहरी मुडभरीले बहाल कर आन्तरीक आयको प्रमुख स्रोत भएकाले नगरपालिको त्यसलाई प्रभावकारी बनाउनुपर्ने बताए । यता, धनगढी उपमहानगरपालिकाले बहाल कर विगत देखी नै प्रभावकारी हुन नसकेको स्वीकार गरेको छ ।

वहाल कर तिरेको कागजात आवश्यक पर्ने संघ संस्था र कार्यालयहरु वाहेक अरुले वास्ता नगर्दा पनि उपमहानरपालिले पनि सक्रियता देखाउन सकेको छैन ।

उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोश मुडभरीले नगर क्षेत्रमा घर बहाल नदेखाउने प्रचलन रहि आएको अवस्थामा सो विषयलाई राजस्व परामर्श समितिमा पठाइसकेकाले अब प्रभावकारी बनाईने बताए । उपहानगरपालिकाले एनजीयो÷आईएनजीयो, बैँक तथा वित्तिय संस्था र सरकारी कार्यालयले बहालमा रहेका ७३ जना घरधनीबाट गत आर्थिक वर्षमा बहाल कर बाफतको ९ लाख ४६ हजार ९ सय २३ र चालु आर्थिका वर्षको कात्तिक मसान्त सम्ममा ३ लाख ८१ हजार २ सय ६७ राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकामा २७ हजार ४ सय ७ घरधुरी रहेकोमा बजार क्षेत्रमा मात्र करिब साढे १६ हजार घर रहेका छन् ।

कमेन्ट लोड गर्नुस