सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ मा चार महिनाका लागि १ अर्वको अल्पकालीन वजेट ल्याउने तयारी (भिडियो रिर्पोट सहित)

२०७४ फाल्गुन २२, १०:२४

प्रदेश ७ मा चार महिनाका लागि १ अर्ब २ करोड को अल्पकालिन बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले यसको तयारी थालेका हुन्। मन्त्री बोहराले बजेटको तयारीका लागि सोमवार प्रदेश मन्त्रालयका सचिवहरुसंग छलफल गरका छन्।

छलफलमा बजेट ल्याउनका लागि आवश्यक पर्ने निति नियमहरु बनाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन समेत दिईएको छ। चैत्र मसान्त भित्रै ल्याउने तयारी थालिएको बजेटमा कृषिलाई प्रमुख प्राथमिकता दिने दाबी गरिएको छ।

चालु आर्थिक बर्ष सकिन ४ महिना मात्रै बाँकी रहेका बेला ७ नम्बर प्रदेशको सरकारले १ अर्ब २ करोड को अल्पकालिन बजेट ल्याउने तयारी थालेको हो।

केन्द्र सरकारले प्रदेश सरकारका लागि तोकेको बजेटको सिमा भित्रै रहेर चार महिनाभित्रै खर्च गर्ने गरी बजेट ल्याउने तयारीका लागि सोमवार प्रदेश मन्त्रालयका सचिवहरुसंग आवश्यक छलफल गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

प्रदेश सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला त्यसका लागि आवश्यक पर्ने ऐन नियमहरु भने तयार पारिएका छैनन्।
तर अब बजेट ल्याउन ढिलो भईसकेकोले फाष्ट ट्रयाकबाट ऐन नियम तथा बिधेयकहरु पारीत गरेर चैत्रभित्रै बजेट ल्याउने तयारी गरिएको मन्त्री बोहराले बताए। उनले बजेटमा कृषिलाई प्रमुख प्राथमिकता दिने बताए।

कमेन्ट लोड गर्नुस