प्रदेश ७ को बजेट आज, पुर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा
७ नम्बर प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैछ। देश संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारले आफ्नो बजेट ल्याउन लागेको हो। संविधानमा प्रदेश सरकारले असार १ भित्र आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यही प्रावधान अनुसार ७ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दैछन। आगामी आर्थिक वर्षका लागि प्रदेश नम्वर ७ को २५ अर्व हाराहारीको वजेट आउँदैछ।
आज दिउँसो ३ वजे वस्ने प्रदेश सभा वैठकमा आर्थिक मामिला तथा तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्ने छन। पुर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/७६ को वजेट आउन थालेको हो। वजेटमा करभन्दा पनि करको दायरालाई वढाईएको र उद्योगहरु यस क्षेत्रमा स्थापना गर्नका कर छुट लगायतका योजना पनि वजेटमा समावेश गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।