सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ का स्थानीय तहद्धारा एकै साथ नीति, कार्यक्रम र बजेट सार्वजनिक

२०७५ असार १०, ०६:५२

प्रदेश ७ का स्थानीय तहहरुले आज एकै साथ आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । यहाँका ८८ वटा स्थानीय तहले नितिकार्यक्रम तथा वजेट सार्वजनिक गरेका हुन् ।  अन्तर सरकारी वित्तव्यवस्थापन ऐन अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहे अनुसार सवै स्थानीय तहले आ–आफ्ना सभामा बजेट प्रस्तुत गरेका हुन् । संविधानले स्थानीय तहलाई पनि सरकारकै रुपमा व्याख्या गरेको छ । तर स्थानीय तहले सरकारकै अभ्यास भने अझै पनि गर्न नसकेको सेवाग्राहीको गुनासो छ । 
यस्तै धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले प्रस्तुत गरिन् ।  नगर सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि १ अर्ब ७९ करोड ३४ लाखको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ । जसमा चालू खर्च तर्फ ८० करोड ४९ लाख रहेको छ भने पुँजीगत तर्फ ९८ करोड ८५ लाख रहेको छ । निति तथा कार्यक्रममा पूर्वाधार विकासमा जोड, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, उद्यम र सहकारिताको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धन तथा सूचना–प्रविधि र सन्चार क्षेत्रलाई विशेष प्राथमिकता दिईएको छ ।

यस्तै टीकापुर नगरपालिकाको तेस्रो नगर सभामा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरपालिकाले  नगरको पहिचानका रुपमा रहेका र नगरको समग्र विकास सँग जोडिएका नगर गौरवका आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । 
 

कमेन्ट लोड गर्नुस