प्रदेश नम्वर ७ मा मात्रै झण्डै ६ अर्व रकम निर्माण व्यवसायीले भुक्तानी पाउन वाँकी
तरलता अभाव हुँदै गएपछि प्रदेश नम्वर ७ मा मात्रै झण्डै ६ अर्व रकम निर्माण व्यवसायीले भुक्तानी पाउन वाँकी रहेको छ । राज्यबाट सञ्चालित विकास निर्माणका विभिन्न परियोजनाहरुको निर्माण कार्य सम्पन्न भईसक्दा समेत भुक्तानी पाउन नसक्दा समस्या भएको निर्माण ब्यवसयाीले बताएका छन ।
अहिले विभिन्न मन्त्रालय र विभागहरुले वजेट दिन ठप्प पारेपछि विकासको गति पनि ठप्प हुने अवस्थामा पुगेको छ । उधारोमा भईरहेका विकास निर्माणका कामहरु अबको केही दिनमा ठप्प हुने निर्माण ब्यवसायीले जनाएका छन ।
प्रदेश नम्वर ७ मा सञ्चालित योजनाहरुको मत्रै झण्डै ६ खर्व रकम भुक्तानी नपाएको निर्माण ब्यवसायीले बताएका हुन ।
देशभरी सडक, सिंचाई, शहरी विकास तथा भवन निर्माण डिभिजन लगायतका विभिन्न निकायहरुवाट सञ्चालित परियोजनाहरुको झण्डै ३० अर्व रकम भुक्तानी पाउन बाँकी रहेपनि, प्रदेशमा मात्रै ६ अर्व रहेको भुक्तानी पाउन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघका प्रवक्ता विष्णु वुढाथोकीले वताए ।
देशभरीका निर्माण व्यवसायीहरुले ३० अर्वभन्दा वढी रकम निर्माणको काम सम्पन्न गरिसक्दा समेत भुक्तानी पाएका छैनन् उनले भने– प्रदेश नम्वर ७ मा पनि झण्डै ६ अर्व रकम भुक्तानी लिन वाँकी छ । त्यो नपाउँदा व्यवासायीहरु अझ मारमा परेका छन ।
देश विकासका लागि खटिने निर्माण व्यवसायीहरु भ्ुक्तानी नपाउँदा निराश भईरहेका छन । यसले अर्थतन्त्रमा समेत प्रभाव पारिरहेको छ ।
तेस्रो पटक ऋण सापटी लिएर परियोजनाहरु सञ्चालन गरिरहेकोमा भुक्तानी रोकिएपछि यसको असर विकास निर्माणका काममा परेको छ ।
वैंकवाट ऋण लिएर सुरुवातमा काम सुरु गरेका निर्माण व्यवसायीहरु काम अन्तिम चरणमा पुग्दा र सम्पन्न भईसक्दा समेत भुक्तानी नपाउदा महँगो व्याज तिर्न वाध्य भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले वताए ।
वैंकमा पैसा छैन, व्यवसायीलाई दिईएको छैन उनले भने– पैसा नै नभएपछि अव विकासका काम रोक्नुपर्ने अवस्था आएको छ ।
पटक पटक रकम भुक्तानीका लागि आवाज उठाउँदा पनि सरकारी निकायले वेवास्ता गरेका कारण निराश भएका निर्माण व्यवसायीहरुले अव भुक्तानी नदिएमा विकासका काम मात्रै ठप्प पारेर आन्दोलनमै जाने चेतावनी दिएका छन ।
यो क्षेत्रका व्यवसायीहरुले ठुलै जोखिम मोलेर आफ्नै लगानीमा विकासका कामहरु गरिरहेका छन निर्माण व्यवसायी संघ प्रदेश नम्वर ७ का अध्यक्ष मदन कुँवरले भने– अव सरकारसँग पैसा नै छनै । उधारोमा टेण्डर गरेर काम गर भन्यो अव आफ्नो लगानी नै नपाएपछि के गर्ने त ?
नयाँ सरकार गठन भएको १५ दिनभित्र माग पुरा नभए सवै विकास निर्माणका कामहरु ठप्प पारेर आन्दोलनमा जाने निर्माण व्यवसायी महासंघले जनाएको छ ।