सुदूर नेपाललाई विश्वसँग जोड्दै

नीति तथा कार्यक्रम स्वीकृत

२०७५ जेठ २५, ०७:०३

प्रदेश नम्वर ७ को मन्त्री पषिदको वैठकले शनिवार प्रस्तुत हुने निति तथा कार्यक्रम स्वीकत गरेको छ । आज वसेको मन्त्री परिषदको बैठकले नीति तथा कार्यक्रम स्वकृत गरेको हो । शनिवार प्रदेश प्रमुखले संसदमा निति तथा कार्यक्रम पेश गर्नेछन । यस्तै आज बसेको मन्त्री परिषदको बैठकले भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको प्रदेश सहकारी विधेयक २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै लामो समयदेखि चर्चामा रहेको जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकारका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले प्रस्ताव गरेको ‘जिल्ला सभा तथा जिल्ला समुन्वय समिति सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७५ लाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । . 
 

कमेन्ट लोड गर्नुस