चीन पुगेर प्रधानमन्त्रीले भने–पश्चिम सेती चिनियाँ कम्पनीलाई दिन्छु
आर्थिक बर्ष २०७५/०७६ को बजेट भाषणमा स्वदेशी लगानीमै पश्चिम सेती जलविद्युत आयोजना बनाउने उल्लेख गरिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेर त्यसको विपरित भाषण गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका ओलीले पश्चिम सेती जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने बताएका हुन् ।
चीनमा प्रधानमन्त्री ओलीले थ्रि–गोर्जेजको सहायक कम्पनी सिडब्लूई इन्भेष्टमेन्टसँग सम्झौता खारेज नभएको बताएका छन् । यो आयोजना चीनसँगै मिलेर बनाउने कुरामा प्रतिवद्ध रहेको उनको दावी थियो । यसअघि बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले स्वदेशी लगानीमै पश्चिम सेति निर्माण गर्ने बताएका थिए ।