सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्वर ७ को २५ अर्वको वजेट आउँदै (भिडियो सहित)

पुर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा

२०७५ जेठ ३१, ०७:२८

आगामी आर्थिक वर्षका लागि प्रदेश नम्वर ७ को २५ अर्व हाराहारीको वजेट आउँदैछ । भोली असार १ गते प्रदेश सरकारको वजेट आउन  लागेको हो । भोली दिउँसो ३ वजे वस्ने प्रदेश सभा वैठकमा आर्थिक मामिला तथा तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्नु हुनेछ । पुर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५÷७६ को वजेट आउन थालेको हो । वजेटमा करभन्दा पनि करको दायरालाई वढाईएको र उद्योगहरु यस क्षेत्रमा स्थापना गर्नका कर छुट लगायतका योजना पनि वजेटमा समावेश गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 

आगामी आर्थिक वर्षका लागि प्रदेश ७ मा झण्डै २५ अर्बको बजेट ल्याउने तयारी गरिएको हो । केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । केन्द्र सरकारले प्रदेश ७ का लागि २१ अर्ब वढी बजेट विनियोजनमा त्यसमा थप गरेर वजेट ल्याउने तयारी गरिएकोछ । प्रदेशको आन्तरिक आम्दानी एक अर्वको हाराहारीमा रहेको अवस्थामा अपुग वजेट ऋण अनुदान वैदेशिक सहायतावाट लिने गरि वजेट ल्याउन लागिएको आर्थिक मामिला तथा तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । 

प्रदेश सरकारले असार १ मा बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था अनुसार प्रदेश सभा वैठक मार्फत वजेट सार्वजनिक गर्न लागिएको हो । पुर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५÷७६ को वजेट आउनेछ । प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुने भन्दै आगामी पाच वर्षभित्रमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर वजेटमा त्यस्ता विषयवस्तुलाई वढी प्राथमिकतामा राखिएको छ । सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, दिगो आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयमा केन्द्रित रहने बजेटले लगानीको वातारणका साथै सुख्खा वन्दरगाह, विशेष औद्योगिक क्षेत्रका साथै उद्योग स्थापना गर्नेलाई कर  छुट लगायतको व्यवस्था गर्नेछ । 

संघीयता कार्यान्वयनको चरणमा बजेट आउन थालेकोले विकास र समृद्धिको आधार वर्षको रुपमा आउने बजेट पनिको ठुलो हिस्सा फेरि पनि सम्भाव्यता अध्ययनमै केन्द्रित रहनेछ । अल्पकालीन वजेट कार्यान्वयनको अवस्था दईनीय रहेको अवस्थामा आगामी आर्थिकवर्षका लागि आउने वजेट पनि महत्वाकांक्षी नहुने र यसको कार्यान्वयनको पाटोलाई पनि विश्लेषण गरेर वजेट ल्याईनेछ । कुनै क्षेत्र नछुट्ने गरी वजेट आउने आर्थिक मामिला तथा तथा योजना मन्त्री झपट बोहराको भनाई छ । 
 

कमेन्ट लोड गर्नुस