प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन
साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ ।
उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।
भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो ।
उनका विश्व चर्चित पुस्तकहरुमा ‘ए हाउस फर मिस्टर विश्वास’ र बुकर पुरस्कार विजयी ‘इन अ फ्री स्टेट’ रहेका छन् ।
‘उहाँको मृत्यु पारिवारिक सदस्यहरुका माझमा भयो,’ नयपालकी पत्नी नदीरा नयपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सरेका थिए र त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरेका थिए ।
नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताउनुभएको थियो र बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रुपमा रहेपनि उनले साहित्यमा पूर्खाविहीन धारको प्रतीकका रुपमा आफूलाई स्थापित गरेका छन् ।
उनका सुरुआती वर्षहरुका रचना वेस्ट इन्डिजमा केन्द्रित थिए, तर पछि उनको रचना विश्वजगतलाई समेट्ने किसिमका हुन थाले ।
उनी विगतमा विवादित पनि बने, खासगरी उनले उत्तर–औपनिवेशिक मुलुकहरुलाई ‘अर्ध–निर्मित समाज’ का रुपमा चित्रित गरेपछि ।
ईस्लाम धर्मले अन्य संस्कृतिलाई दास बनाउने र सखाप पार्ने धारणा राखेपछि त उनीमाथिको आलोचना तीव्र बनेको थियो ।
सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउनु भएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेखेका छन् । रासस

