सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरका पर्यटकीय क्षेत्रहरु आन्तरिक पर्यटकले भरिभराउ

बुढीतोलामा रमाउँदै आन्तरिक पर्यटकहरु
बुढीतोलामा रमाउँदै आन्तरिक पर्यटकहरु
२०७५ मंसिर २४, ०२:३३ सीताराम ओझा

कैलाली कञ्चनपुरका पर्यटकीय क्षेत्रहरु आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। वनभोज खाने र घुम्न जानेहरुको संख्यामा वृद्धि भएपछि ती क्षेत्रहरु भरिभराउ भएका हुन्। आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएसँगै विभिन्न पर्यटकीय क्षेत्रहरुमा आर्थिक कारोवार पनि वढेको छ। कैलाली कञ्चनपुरमा रहेका धेरै पर्यटकीय क्षेत्र घुम्न जानेहरुको अहिले घुँईचो लाग्न थालेको छ। सामाजिक सञ्जालको वढ्दो महत्वले पनि ती क्षेत्रहरुको प्रचार प्रसार हुन थालेको छ। 

सुदुरपश्चिम प्रदेशको कर्णाली चिसापानीदेखि महाकालीको एसियाकै लामो झुलुङगे पुलसम्म रहेका दर्जनौ पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरुको भिडभाड वढेको छ। कञ्चनपुरको झुलुङगेपुल, वेतकोट ताल, लिङगा धाम क्षेत्र लगायतका क्षेत्रहरु आन्तरिक पर्यटकले भरिभराउ भएका हुन्। लिङगा क्षेत्र रहेको कञ्चनपुरको वेतकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भाष्करराज भट्टले अहिले पर्यटकको सङख्यामा बृद्धी भएको छ। 
कैलालीको गोदावरी, वुडीतोला र खानीडाँडा क्षेत्रमा पनि घुम्न जानेको कमि छैन्। गर्मीको समयमा तराईको चिसो झल्न अधिकांश मानिस जाने गरेकोमा अहिले भने काम विशेष र वनभोज खान जानेहरुकै वाहुल्यता छ। घुम्ने बानीको विकास हुन थालेपछि ती क्षेत्रहरुमा लगानी समेत थपिदै गएको कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरवहादुर तामाङले बताए।

धनगढीको जाखोर तालसँगै कोईलही ताल, घोडाघोडी ताल क्षेत्रमा पनि आन्तरिक पर्यटकहरु वढिरहेका छन्। प्राकृतिक सौन्दर्यतासँग रमाउन र आसपासका क्षेत्रहरुलाई पहिचान गराउनका लागि घुम्न जानेहरुको संख्या वृद्धि भईरहेको छ। ती क्षेत्रमा पुगेर सामाजिक सञ्जालहरुमा फोटो राख्ने प्रवृतिले समेत आन्तरिक पर्यटक प्रवद्र्धन भईरहेको छ। घोडाघोडी ताल क्षेत्रमा रहेको चेट्नुवा सामुदायिक वन उपभोक्ता समितीकी अध्यक्ष मैना ढकालले केहि समय यता आन्तरिक पर्यटकले पर्यटकीय स्थल भरिभराउ भएको बताईन्।

कैलाली पुर्वी क्षेत्रमा पनि सार्वजनिक विदाका दिन तथा शनिवार र शुक्रवार हजारौं मानिसहरु घुम्नका लागि आउने गरेका छन्। चिसापानीको माछाको परिकार तथा वनभोजका साथै टीकापुर पार्कको सौन्दर्य हेर्नका लागि दैनिक दर्जनौ वसहरु जाने गरेका छन। शनिवार मात्रै ५ हजारभन्दा वढी पार्कमा पुगेका थिए। 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस