सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली दुर्व्यसनीको पलिया प्रहरी सूचि बनाउदै

२०८१ वैशाख १८, १०:३४ कमल सावद

धनगढीः भारतको पलिया प्रहरीले नेपाली दुव्र्यसनीहरूको सूचि बनाउन थालेको छ। धनगढीसँग सीमाना जोडिएको भारतीय बजार पलियामा नेपाली दुव्र्यसनीहरूको सङ्ख्या बढेपछि प्रहरीले सूचि बनाउन थालेको हो।

भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवका अनुसार पलिया सहर लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको छ। नेपाली सेवनकर्ताहरूको कारण सहर नै बदनाम हुन थालेकाले उनीहरूको सूचि तयार गर्न थालिएको पलिया प्रहरीले बताएको छ। भारतीय प्रहरीले नेपाली लागुऔषधका सेवनकर्ताहरुको सूचि तयार पारेर नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको हो। भारतीय प्रहरीले पलिया क्षेत्रमा लागुऔषधको कारोबार गर्नेहरूको समेत सूचि बनाउदै छ। उनीहरूलाई भारतको कानुन अनुसार कारबाही गर्ने र नेपाली दुव्र्यसनीहरूको सूचि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिएको हो।

नेपाल–भारत सीमा क्षेत्रहरूमा नेपाल प्रहरीले उनीहरूलाई निगरानीमा राख्न सहज होस् भनेर भारतीय प्रहरीले सूचि तयार गर्ने काम थालेको बताएको छ। भारतीय प्रहरीका अनुसार नेपाली किशोर–किशोरी तथा युवा–युवतीहरू रातिको समयमा समेत पलियाका सडकहरुमा लागुऔषध सेवन गरेको अवस्थामा हँड्दै आएका छन्। उनीहरु लागुऔषधका कारण होसमा समेन नरहेको अवस्थामा भारतीय प्रहरीले फेला पारेको छ। आइतवार दुई नेपाली किशोरीलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई पछि भारतीय प्रहरीले छोडेको छ। भारतीय प्रहरीले सीमा क्षेत्रका वनगाउँ, पलिया लगाएतका सहरहरूमा लागुऔषधको कारोबार तथा सेवन विरुद्धमा अभियान सञ्चालन गरेको बताएको छ।

गत सोमवार भारतीय प्रहरीले ठुलो मात्रामा लागुऔषधसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। नेपाल प्रहरीको फरारको सूचिमा रहेका अंकित गुप्ता (माल्या) र विक्कि (गुप्ता) नेपालीलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट भारतीय प्रहरीले ३९० ग्राम लागुऔषध, नगद र आइफोनसमेत बरामद गरेको थियो। प्रहरीले बिक्कीबाट एक सय ३० ग्राम लागुऔषध र अंकितबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस