कञ्चनपुरमा लागुऔषधसहित दार्चुलाका दुई युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दार्चुलाका दुई युवक पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा डेरा गरी बस्ने दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ घर भएका ३९ वर्षीय आनसिंह साउँद र ३१ वर्षीय गोबिन्द धामी लागुऔषधसहित पक्राउ परेका हुन्।
१ ग्राम ८६० मिलिग्राम लागुऔषधसहित शनिबार दिउँसो प्रहरीले दुबै युवकलाई नियन्त्रणमा लिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले कोठाभित्र चेकजाँच गर्दा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो।