सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हाजिर भए नयाँ ट्राफिक प्रहरी प्रमुख

२०८१ जेठ ७, १२:०९ खबर संवाददाता

धनगढीः कैलालीमा नयाँ ट्राफिक प्रहरी प्रमुख हाजिर भएका छन्।

कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु कार्यालयमा हाजिर भएका हुन्। यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो।

इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबारदेखि कार्यालयमा हाजिर भएका छन्।

कमेन्ट लोड गर्नुस