सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ६ जना फरार प्रतिवादी पक्राउ

२०८१ वैशाख २८, ०८:१५ खबर संवाददाता

धनगढीः कैलालीबाट ६ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १३ दिन कैद र ५ हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका–२ बस्ने २८ वर्षीय लक्ष्मण थापा, चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय सुशिल राना, सरकारी कागजात र दस्तखत कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका कैलारी गाउँपालिका–७ बस्ने ३० वर्षीय अरबिन्द चौधरी रहेका छन्।

यस्तै चेक अनादर मुद्दामा ३ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीया लक्ष्मी कुमारी शाही, सम्बन्ध बिच्छेद मुद्दामा ५० रुपैँया जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीया लक्ष्मी चन्द र वन मुद्दामा १ हजार ८ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने २५ वर्षीय दिपकबहादुर सार्की पक्राउ परेका छन्।

अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका ६ जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस