सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

२०८१ वैशाख २३, ०४:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ।

निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आज प्रदेश प्रमुखसमक्ष  प्रतिवेदन पेश गरेका हुन्।  प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेस गरिएको हो।

विसं २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।
 

कमेन्ट लोड गर्नुस