सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अंशबण्डा मुद्दाका ३ जना फरार दोषी पक्राउ 

२०८१ वैशाख १९, ०८:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा अंशबण्डा मुद्दाका ३ जना फरार दोषी पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका-५ बस्ने ५८ वर्षीय चन्द्रदेब भट्ट, ५० वर्षीया नन्दादेवी भट्ट र ३५ वर्षीय मोहन भट्ट पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। फरार तीनै जनालाई मंगलवार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। 

कमेन्ट लोड गर्नुस