इजरायली प्रधानमन्त्री नेतान्याहुमाथि पक्राउ पूर्जी जारी गर्ने आइसिजेको तयारी

अन्तर्राष्ट्रिय फौज्दारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हमास नेता यह्या सिनवरमाथि पक्राउ पूर्जी जारी गर्न प्रक्रिया अगाडि बढाएको छ। अक्टोबर ७ यताका नृशंस आक्रमणमा मुख्य योजनाकार यी दुई नेतालाई पक्राउ पूर्जी जारी गर्न अन्तर्राष्ट्रिय फौज्दारी अदालतले प्रक्रिया अगाडि बढाएको हो।
अदालतका अभियोजनकर्ता करिम खानलाई उर्द्धृत गर्दै सिएनएनले लेखेअनुसार अब अदालतका न्यायाधीशहरुको बेञ्चले यो प्रक्रियाको अन्तिम अनुमोदन गर्नुपर्नेछ। यस्तै अदालतले इजरायली रक्षामन्त्री योभ ग्यालन्टमाथि पनि पक्राउ पूर्जी जारी गर्न प्रक्रिया अघि बढाएको छ।
त्यस्तै हमासका दुई मुख्य नेताहरु मोहम्मद दियाब इब्राहिम अल मार्सी र इस्माइल हनियेहमाथि पनि पक्राउ पूर्जी जारी गर्ने अदालतको तयारी छ। अहिलेसम्मकै पहिलोपटक कुनै अमेरिकी निकट अधिकारीहरुलाई अदालतले निशाना बनाएको हो। यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।


