सुदूर नेपाललाई विश्वसँग जोड्दै

’मिस नेपाल पिस २०२४’ को उपाधि विधि लम्साललाई

२०८१ जेठ ७, ०६:१२ खबर संवाददाता

काठमाडौँः काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले ’मिस नेपाल पिस २०२४’को शीर्ष उपाधि जितेकी छन्।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा २३ सुन्दरीलाई पछि पार्दै विधिले उत्कृष्ट पर्सनालिटीसहित उपाधि जितेकी हुन्। लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन्।

आयोजकका अनुसार विजेता लम्सालले अब ’मिस ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यो प्रतियोगितामा भक्तपुरकी अनिसा पराजुली पहिलो उप–विजेता र सामाखुसीकी पला रेग्मी दोस्रो उप–विजेता बनिन्।

नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डाक्टर सुवास आचार्य, डाक्टर सुजिता हिराचन, डाक्टर स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामा विशेष अवार्ड ’नर्स विथ व प्रपोज’ मोनिका थापा मगर, मस्ट फोटोजेनिक स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्टको उपाधि दिव्या बम ठकुरीले उचालिन्।

कमेन्ट लोड गर्नुस