सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दामा फरार रहेकी टीकापुरकी महिला पक्राउ

२०८१ वैशाख १९, ०७:३९ खबर संवाददाता

धनगढीः चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुरकी एक महिला पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको मिति २०७६ कात्र्तिक २४ गतेको फैसलाले चेक अनादर मुद्दामा ४५० जरिवाना ठहर भएकी टीकापुर नगरपालिका १ बस्ने ४२ वर्षीया सिता देवी ढुङ्गाना पक्राउ परेकी हुन्। ढुङ्गानालाई मंगलवार ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस