गहुँको नलमा आगो लगाउँदा गोठमा आगलागी
२०८१ वैशाख १८, ०९:४७
धनगढीः गहुँको नलमा आगो लगाउँदा गोठमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-१९ का बुधराम डगौराको गोठमा आगलागी भएको हो।
सोही ठाउँ बस्ने नारायण दत्त रानाभाटले काटेको गहुँको नलमा लगाएको आगोबाट आगलागी भएको हो। आगलागी हुँदा गोठ र गोठ भित्र रहेको युरीया मल, खाद्यान्न, बोरिङ पाईप लगायतका सामन गरी अन्दाजी ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस