सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैध सामान बरामद

२०८१ वैशाख १६, ०५:४५ खबर संवाददाता

कञ्चनपरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले अन्दाजी १ लाख ७ हजार पाँच सय मुुल्य बराबरको सामान बरामद गरेको छ।

त्यस्तै २२ हजार एक सय मुुल्य बराबरको सामान, प्रहरी चौकी परासनले ३५ हजार, प्रहरी चौकी टेडुवाले २९ हजार ५२०, प्रहरी चौकी फटैयाले १३ हजार छ सय र प्रहरी चौकी पचुईले ५ हजार चार सय गरी अन्दाजी २ लाख १३ हजार १२० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

बरामद गरेको चरीको बिउ, गहुँ, चिनी, पेय पदार्थ, सुर्ती, तेल, बिस्कुट, कुरकुरे, खुर्सानी, किटनाषक औषधी कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस