सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौथो भजहर कप सुरुः राईजिङ स्टार विजयी

२०८१ वैशाख १५, ०८:५९ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा चौथो भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको चौथो संस्करण आजदेखि सुरु भएको हो। श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले उद्घाटन गरे।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा राईजिङ स्टार युवा क्लब विजयी भएको छ।
कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट युवा क्लबलाई टाईब्रेकरमा हराउँदै राईजिङ स्टार युवा क्लब विजयी भएको हो।

निर्धारित समय दुबै टोलीले एक एकको बराबरी खेलेपछि टाईब्रेकरमा राईजिङ स्टार युवा क्लब ३–१ ले विजयी भयो। वैशाख २२ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस