सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक घर जलेर नष्ट

२०८१ वैशाख १५, ०५:१३ खबर संवाददाता

धनगढीः कैलालीमा एक घर जलेर नष्ट भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बादीबस्तीका २६ वर्षीय पारस बादीको कच्ची घर जलेर नष्ट भएको छ।

शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको हो। क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस