सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक  जनाको मृत्यु, तीन जना घाइते

२०८१ वैशाख १२, ०५:२९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ दैजिस्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक–आपसमा ठोक्किएका थिए।

मोटरसाइकलको ठक्करबाट म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक बेदकोट नगरपालिका–२ का २६ वर्षीय श्रीधर नाथको बुधवार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय रामबहादुर मिजार, विपरीत दिशाबाट आईरहेको म २ प ३५५६ नम्बरको मोटरसाईकल चालक बेदकोट नगरपालिका–३ का २५ वर्षीय नबिन टमटा र मोटरसाईकलमा पछाडी सवार सोही ठाउका २६ वर्षीया कबिता टमटा पनि घाइउते भएका छन्।

घाइते तीनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस