सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोशीपुरका परशुरामको गहुँबालीमा आगलागी

२०८१ वैशाख ६, ०५:०२ खबर संवाददाता

धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका ४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा आगलागी भएको हो। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

विधुतको तार सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको पुर्ण विवरण आएको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस