डोटीको एक जङगलमा लागेको आगोबाट गोठमा आगलागी
२०८१ वैशाख १९, ०७:४७
डोटीः डोटीको एक जङगलमा लागेको आगोबाट गोठमा आगलागी भएको छ।
पूर्वीचौकी गाउँपालिका ६ बासुदेउ जङगलमा लागेको आगोबाट सोही ठाउँ बस्ने लालबहादुर खड्काको गोठमा आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ।
कमेन्ट लोड गर्नुस