सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

२०८० चैत्र १४, ०७:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषध (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

बुधवार (आज) बिहान पुनर्बास नगरपालिका–११ डोके बजारबाट भारतको बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस