सुदूर नेपाललाई विश्वसँग जोड्दै

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुग्यो

२०८० चैत्र १०, ०५:५३ खबर संवाददाता

एजेन्सीः रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा भएको गोलाबारीमा ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ।

बीबीसीकाअनुसार अहिलेसम्म ११५ जनाको ज्यान गएको छ र १ सय भन्दा धेरै घाइते भएका छन्। शुक्रवार राति मस्कोको पश्चिमी उपनगरस्थित भेटेरन रक ब्याण्डको कन्सर्टमा जम्मा भएका दर्शकमाथि बन्दुक र बमले आक्रमण गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा रुसी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। आक्रमणको जिम्मा इस्लामिक कट्टरपन्थी समूह आइएसले लिएको छ। कन्सर्ट हलमा ६ हजारभन्दा धेरै मानिस रहेको अनुमान गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस