सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको जोगबुडा अस्पतालको नयाँ भवनबाट शीघ्र सेवा प्रवाह गर्दै

फाइल फोटो
फाइल फोटो
२०८० चैत्र ५, ०७:४३ खबर संवाददाता

कैलालीः डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ। 

शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ। पन्ध्र श्ययाको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ। अहिले भवनमा रङगरोगनको काम धमधम भइरहेको छ।

कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटबाहेक रु. १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पू्रा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४गतेसम्मको म्याद दिइएको थियो। यसै महिनाभित्र काम पुरा गर्न अन्तिमपटक म्याद थप भएकाले निर्माण कम्पनी रातदिन काममा जुटेको हो ।

उक्त अस्पतालबाट जोगबुडाको परशुराम नगरपालिका, भागेश्वर र आलितालगाउँपालिकाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन्। यसैबीच, महाकाली अस्पतालको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको छ। आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु. १४ करोड ३८ लाख २६ हजारमा  जीके ओआई जेभीसँग ठेक्का सम्झौता भएको छ। 

कमेन्ट लोड गर्नुस