सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुस चीन सम्बन्ध इतिहासकै राम्रोः राष्ट्रपति पुटिन

२०७५ जेठ १२, ०१:३२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन। इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ। उनले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन भनेका छन्। उनँले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राखे।

शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएको एक अन्तरवार्तामा उनले सो धारणा राखेको समाचारमा जनाइएको छ। उक्त अन्तरवार्ताका क्रममा उनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए। उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताए।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनको भनाई छ। चीनसँगको व्यापारिक सम्बन्धबाट आपूm पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उनले बताए। उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताए। रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राखे।  उनले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि बृद्धि भएको जनाए। हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।
रासस/सिन्ह्वा 

कमेन्ट लोड गर्नुस