सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व मन्त्री अफताब आलमलाई जन्मकैदको सजाय

२०८१ वैशाख १३, ०९:२६ खबर संवाददाता

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ। जिल्ला अदालत, रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीवार आलमलाई जन्मकैदको सजाय सुनाएको हो।

२०६४ चैतमा भएको विस्फोटको घटनामा घाइतेलाई इटाभट्टामा ज्यूँदै जलाएको अभियोग लागेको थियो। यसमा दोषी ठहर भएको आलमलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले बताए। आलमसँगै चार जनालाई जन्मकैदको सजाय भएको हो। श्रेस्तेदार ढोडारीका अनुसार महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय तोकिएको हो।

महताब पूर्व मन्त्री आलमका भाइ हुन्। यो मुद्दामा मुक्ति साहले सफाइ पाएका छन्। त्यस्तै, मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरु फरार रहेका छन्।
 

कमेन्ट लोड गर्नुस