सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको फार्मेसीमा बिरामीलाई औषधि खरिद गर्नै सास्ती

सेती प्रादेशिक अस्पतालको फार्मेसीमा औषधि खरिद गर्न समस्या हुन थालेको छ। बिरामीले फार्मेसीमा निकै लामो समय पर्खनुपर्ने तथा केही औषधि समेत फार्मेसीमा नपाएर बाहिर खरिद गर्नुपर्ने बाध्यता रहेको छ। २०७३ असार ३ गतेदेखि सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको फार्मेसीबाट अहिले १ हजार ८० प्रकारका औषधि बिक्री भइरहेको छ। तर बिरामीहरुले भने चिकित्सकले सिफारिस गरेको सबै औषधि नपाएको गुनासो गरेका छन्। अस्पतालको फार्मेसीमा सस्तोमा औषधि पाइने भएपनि चिकित्सकले लेखेको सबै औषधि नपाइएको गुनासो बिरामीहरूले बताएका छन्।

कमेन्ट लोड गर्नुस