सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मालपोतमा मनपरी: कर्मचारी साढे ११ बजे सम्म कार्यालय पुग्दैनन्

कार्यालय समय कति बजे हो ? तपाई हामी सबैलाई थाहा भएकै कुरा हो बिहान १० बजे। तर कैलाली मालपोतका कर्मचारी भने बिहान साढे ११ बजे सम्म पनि कार्यालय नपुग्ने गरेको भेटिएको छ

सोमबार बिहान तारानगरका सीपी जोशी सेवा लिन साढे ९ बजे नै मालपोत कार्यालय परिसर पुगेका थिए। काम विशेषले उनीसँगै पुगेका अन्य सेवाग्राही पनि बिहान ९ बजेदेखि नै कर्मचारीको प्रतिक्षामा बसेका थिए। तर घडीमा बिहान १० बजेर ३० मिनेट जादा पनि त्यहाँ कर्मचारी आईपुगेका थिएनन्।

यो क्रम विगत एक सातादेखि चलिरहेको गुनासो उनीहरुको थियो। साढे १० सम्म पनि कर्मचारी नआएको सूचना दिनेश खबरलाई आएपछि हामी जिल्ला मालपोत कार्यालय पुगेका थियाँै। तर हामी त्यहाँ पुग्दा पनि सबै कर्मचारी आईसकेका थिएनन्। कार्यालय प्रमुख प्रेमसिंह कुँवर नै साढे ११ बज्दा समेत पुगेका थिएनन्।

कमेन्ट लोड गर्नुस