कैलालीमा दुर्घटना न्यूनीकरणका लागि चालक र सवारीको जाँच
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमलामा सवारी साधन र चालकहरुको अवस्था जाँच गरिएको छ। दिन प्रतिदिन बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सवारी साधन र चालकहरुको अवस्था जाँच गरिएको हो।
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको आयोजनामा यातायात व्यवस्था कार्यालयका ईन्जिनियर, स्थानीय डाक्टर, गेटा आँखा अस्पतालका डाक्टर, यातायात व्यवसायीका प्रतिनिधि, स्थानीय प्रहरी र ट्राफिक प्रहरी सम्मिलित टोलीले सयुक्त चेकजाँच गरेका हुन्।
२०७५ माघ ७, ०६:२०
कमेन्ट लोड गर्नुस