सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा डोटीको उत्तरबाहिनि बासुधारा

दिल्पेश्वर मठदेखि तल गंगा सेती र गोदावरी नदिको संगम स्थलमा अवस्थित उत्तरबाहिनि बासुधारा पवित्र शिवालय तीर्थ स्थल दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ मा पर्दछ।

यो क्षेत्रमा माघ १ गते मकर मेला लाग्ने गरेको छ भने रक्षाबन्धनमा पनि रक्षा धारण गर्नेको भिडभाड हुने गरेको छ।

ऐतिहासिक मान्यता अनुसार ‘बसु’ नाम गरेका स्वर्गका प्रसिद् देवताले बासुधारा क्षेत्रमा अष्ट लक्ष्मीलाई समेत साथमा ल्याई लामो समयसम्म जलधारा गरी त्रेतायुगी अयोध्याका राजा दिलिपले बासुधारा मन्दिरको मुनि रहेका स्नान कुण्ड, पितृ कुण्ड, शाही स्नान कुण्ड, मोक्ष कुण्ड र अन्य कुण्डहरुमा स्नान गरी वर, पर स्थलमा विशेष पुजनादी कार्यहरु गरी हालको दिल्पेश्वर मठलाई निवास स्थान बनाएका थिए।

यसै गरी गोलोकबाट नन्दिनी नामक गाई ल्याई गाईद्वारा नै दुधको धारा दिइरहेको ठाँउमा जोतिलिङ्ग भेटियो र स्व लिङ्गको पूजा, आराधना गरी यस पवित्र देव भूमिमा बस्दै तपस्या गरी मुक्ति पाएको पौराणिक मान्यताहरु रहेको बुढापाकाहरु बताउन्छन् ।

 भारतको हरिद्वार भन्दा पुरानो तिर्थ स्थलको रुपमा रहेको बासुधारा प्रचार प्रसार अभावका कारण अहिले पछाडी परेको छ।

फोटो: दिपकवहादुर खड्का
फोटो: दिपकवहादुर खड्का
२०७६ साउन ३०, १०:३४
कमेन्ट लोड गर्नुस