सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु (फोटो फिचर)

बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा पर्ने बेहडाबाबाको मन्दिरमा साउन महिनाभर चल्ने शिव महापुराण महायज्ञ मंगलबारबाट सुरु भएको हो।

यज्ञको उद्घाटन अघि गोदावरीको पवित्र जल बेहडाबाबा मन्दिरसम्म कलश यात्रा गरी ल्याइएको थियो।

बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको आयोजनामा हरेक बर्ष साउन महिनाभर धार्मिक अनुष्ठान हुने गरेको छ। चौथो बर्ष पनि सोही कार्यलाई निरन्तरता दिइएको समितिका अध्यक्ष पदमराज जोशीले बताए।

उनले यस बर्ष श्री शिवपुराण ज्ञान महायज्ञ, अभिषेकात्मक अनुष्ठान तथा श्रृंगारिक महाआरतीको आयोजना गरिएको बताए।

समुद्घाटन समारोह र कलश यात्रामा भक्तजनको भव्य सहभागिता रहेको उनले उल्लेख गरे। उद्घाटनमा व्यवसायी ओमप्रकाश अग्रवाललाई सम्मानित गरिएको थियो। यस्तै कलश यात्रामा नि:शुल्क यातायातकाे सुविधाका लागि सहयोग गर्नेहरूलाई पनि सम्मान गरिएको थियो।

बेहडाबाबामा धार्मिक आस्था बोकेर नेपाल र भारतका समेत विभिन्न स्थानबाट मानिसहरु आउने गर्छन्।

पछिल्लो समय यहाँ पर्यटन लक्षित गतविधि समेत बढाउदै लगिएको छ। साउन महिनाभर शिव पुराणको चार आवृति पाठ गरिनेछ। कथा वाचक सत्यराज अवस्थीले पुराण वाचन र प्रवचन गर्ने अध्यक्ष जोशीले बताए।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८१ साउन १, ०१:५७
कमेन्ट लोड गर्नुस