तस्बिरमा सुन्दर रामारोशन
धनगढीः रामारोशन पर्यटकीय क्षेत्र अछाम जिल्लामा पर्छ।
बाह्र बण्ड, अठार खण्डका नामले परिचित यो क्षेत्रमा १२ वटा ताल र १८ वठा चौर छन्।
यो क्षेत्रमा राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ।
बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो। जसको आकार अंग्रेजी अक्षर “सि” जस्तो छ।
ताल भन्दा केहि परपट्टी ठुला चउर छन। जून अठार खण्डका नामले प्रख्यात छन।
यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।
जसको बिच भएर कैलाश खोला बग्दछ।
रामारोशसन जानसम्म सडक पूर्वाधारको सुविधा छ।
२०८० कार्तिक १४, १०:५१
कमेन्ट लोड गर्नुस