सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक पुरुष मृत अवस्थामा फेला

२०८३ भदौ ८, ०७:४३ खबर संवाददाता

बझाङः बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका–७ सुवेडा बस्ने ५२ वर्षीय चक्र बहादुर शार्की मृत फेला परेका हुन्। शार्की सोही ठाउँ स्थित रहेको चौपाते खहरे खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस