धनगढीको फूलबारीमा भोकेसनल स्कुल खोल्न सम्झौता (फोटो फिचर)
धनगढीको फूलबारीमा भोकेसनल स्कुल खोल्ने सम्झौता सम्पन्न भएको छ।
उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन बीच स्कुल खोल्ने सम्झौता भएको हो।
भोकेसनल स्कुलमा सीपमूलक तालिक निःशुल्क प्रदान गरिनेछ।
बेरोजगार युवाहरूलाई लक्षित गरेर स्कुल खुल्न लागेको हो।
ओल्गापुर भोकेसनल स्कुलले फूलबारी क्याम्पसमा प्लम्बिङ र हाउस वाइरिङको तालिम सुरू गरेको छ।
प्रदेशका ८८ पालिकाका युवाले निःशुल्क तालिम लिन पाउने छन्।
अबको डेढ वर्षमा स्कुलको आफ्नै भवन निर्माण भइसक्नेछ।
तालिमका लागि छनोट भएकाहरूलाई निःशुल्क आवासीय सुविधा उपलब्ध हुनेछ।
युवाहरूलाई अनजब ट्रेनिङ पनि गराइनेछ।
फोटोः नारायण अवस्थी
२०८० असोज १२, ०३:१०
कमेन्ट लोड गर्नुस