भीमदत्त राजमार्गको पहिरो निरीक्षण गर्दै सरकारी टोली (फोटो फिचर)
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सडक निरीक्षण गरेका हुन्।
राजमार्गको बुढीतोलामा चार सय मिटर सडकमा पहिरो गएको छ।
साउन २२ गते परेको पानीले सडक भत्किने गरी पहिरो गएको हो।
पहिरोमा पेरेर केही घरसहित चार सय मिटर लम्बाइको क्षेत्र पूरै भाँसिएको छ।
एकतर्फी सडक खुले पनि पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।
बुढीतोलामा दीर्घकालसम्म समस्या हुने गरी पहिरो गएको छ।
भीमदत्त राजमार्गको वैकल्पिक राजमार्ग निर्माणको चर्चा चलेको छ।
हिजो नै मन्त्रीसहितको टोलीले दैजी-जोगबुडा सडकको पनि अवलोकन गरेको छ।
दैजी- जोगबुडा- डडेल्धुरा सडक निर्माण भए कम समयमा कैलाली र कञ्चनपु्रबाट डडेल्धुरा पुग्न सकिन्छ।
फोटोः नारायण अवस्थी
२०८० भदौ २, ११:२७
कमेन्ट लोड गर्नुस