सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक पत्रकार दुर्घटनामा घाईते

२०८० असार ५, ०५:५१ खबर संवाददाता

धनगढीः कञ्चनपुरका एक पत्रकार दुर्घटनामा घाइते भएका छन्। पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा परी घाईते भएका हुन्। 

कञ्चनपुर प्रहरीका अनुसार मंगलबार पूर्र्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत वेदकोट नगरपालिका वडा नम्बर ९ लालपुर क्षेत्रमा उनी दुर्घटनामा परेका थिए। नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार दमाई समाचार संकलनका लागि महेन्द्रनगरदेखि दैजी आउने क्रममा लालपुरमा दुर्घटनामा परेर घाईते भएका हुन। 

उनी से १ त ५१९५को ट्याक्टरको ट्रलीमा रहेको टायर खसेर पत्रकार दमाई सवार सुपप्र ०२००३ प ४४७३ नम्बरको मोटरसाईकलमा ठोकिदा घाईते भएका छन्। उनलाई महाकाली अस्पतालमा उपचारका लागि गगिएको थियो, तर अस्पतालले रेफर गरेको छ। कञ्चनपुर प्रहरीका अनुसार ट्याक्टर र चालक राम बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको छ। 


 

कमेन्ट लोड गर्नुस