धनगढीका दिपेन्द्र रानासहित कञ्चनपुरमा २ जना पक्राउ
धनगढीः धनगढीका दिपेन्द्र रानासहित कञ्चनपुरमा २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकमा सोमवार साँझ सोही ठाँउका १८ वर्षीय बिमल राना र धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउका १८ वर्षीय दिपेन्द्र राना पक्राउ परेका हुन्।
शंकालागि चेकजाँच गर्दा बिमल रानाको साथबाट ८.६० ग्राम लागुऔषध (खैरो हेरोईन) फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।