कञ्चनपुरमा स्कुटीसहित एक जना प्रहरीको नियन्त्रणमा
२०८० असार ४, ०६:०४
कञ्चनपुरः कञ्चनपुरमा एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–४ अदालत परिसरबाट सोहि पालिका–१८ गोबरियाका सुरेन्द्र भण्डारीले चलाएको म २ प ६८४७ नम्बरको स्कुटी जाँज गर्दा फेनेरागन एम्पुल १७ थान, रेक्सोजेसिक एम्पुल १७ थान र डाइजापाम एम्पुल ३ थान बरामद गरिएको छ।
स्कुटीसहित भण्डारीलाई नियनत्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस