कञ्चनपुरमा मोटरसाईकल सहित भन्सार छलीका सामान जफत
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी नगरपालीका– १० भुडा लठ्ठाघाट स्थित नेपाल भारत सिमाना नजिक शुक्रबार साँझ सडक किनारामा भारतबाट भन्सार छली ल्याएका टमाटर, बोडी हरियो, खुर्सानी, काक्रा, सिम्ला मिर्च, भिण्डी लगायतका अनुमानित १५ हजार मुल्य बराबरको तरकारी वेवारिसे अवस्थामा फेला पारेको हो। ईलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, शुक्रबार राती बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैध रुपमा भंन्सार छलि ल्याएका अन्दाजि ९० हजार आठ सय मुल्य बराबरका कुरकुरे, चिसो पेय पदार्थ, फ्रुटी, मैदा, लिचि, जुस लगायतका सामानसहित से.७ प. ७१५ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारि प्रहरीले जफत गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट गएको संयुक्त प्रहरी टोलीले सामान फेला पारि बरामद गरि नियन्त्रणमा लिएको जनाएको छ।