कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरका ३५ वर्षीय शंकरदत्त भट्ट पक्राउ परेका हुन। भट्टले चलाएको से.७ प. ८७१ नम्बरको मोटरसाइकलमा भन्सार छलीका अन्दाजी एक लाख नौँ हजार मुल्य बराबरका चिनी, मैदा फेला पारि मोटरसाईकलसहित बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बनसाहबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानहरुसहित भट्टलाई पक्राउ गरेको जनाएको छ।