सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० जेठ ३२, ०८:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाडा र बैशाखा चोकमा बुधवार भन्सार छलिका अन्दाजी २४ हजार ६ सय मुल्य बराबरका चिनि, गुड, डिउ (पिय पदार्थ), खाने तेल लगायतका सामान प्रहरीले बरामद गरेको छ।

त्यस्तै भीमदत्त नगरपालिका–१० गड्डाचौकीमा भन्सार छलीका अन्दाजी  १२ हजार ८ सय मुल्य बराबरका चिनी, मैदा र बिस्कुट बरामद गरिएको छ। उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय बेलौरी, प्रहरी चौकी टेडुवा र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेलापारि नियन्त्रणमा लिएको हो। 
 

कमेन्ट लोड गर्नुस