सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक गोठमा आगलागी

२०८० जेठ ३१, ०४:०५ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक कच्ची गोठमा आगलागी भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–४ बगुनका देवराज भट्टको गोठमा आगलागी भएको हो। भान्सा घरको चुलोबाट दुई तले काठ र खरले छाएको कच्ची गोठमा आगलागी हुदा गोठ पुर्ण रुपले जलेर नष्ट भएको छ। आगलागीबाट भैँसिको पिठ्यु जलेको र एक लाख ५० हजारको क्षती भएको प्रहरीले जनाएको छ।

आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस