सन्दीप र दीपेन्द्रले ग्लोबल टी–ट्वान्टी खेल्ने
२०८० जेठ ३१, ०८:०८
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन्।
मंगलवार राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो। यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको हो।
कमेन्ट लोड गर्नुस