सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभ्यास खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा

२०८० जेठ ३०, ०९:५१ खबर संवाददाता

काठमाडौंः नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ। जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको थियो। तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो। दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो।

कमेन्ट लोड गर्नुस